आज: 

नेपाल भित्रियो ३ लाख ५० हजारसम्म पर्ने साइकल

ओके खबर २७ चैत्र २०७७, शुक्रबार १०:२४ मा प्रकाशित ( महिना अघि) ५४२ पाठक संख्या

काठमाडौं । इन्डोनेसियाको पोलिगन बाइक (साइकल) ब्राण्ड नेपाल भित्रिएको छ । पोलिगन बाइकको नेपालको लागि आधिकारिक वितरक प्याङ्क बाइकले यो ब्राण्ड नेपाल भित्राएको हो ।

यो साइकललाई धावक बैकुण्ठ मानन्धर, खेलाडी दीपक बिष्ट, कलाकार सन्दीप क्षेत्री र विश्व साइकल यात्री पुस्कर शाहले सामूहिक रूपमा सार्वजनिक गरेका हुन् ।

राजधानीको कान्तिपथस्थित शोरुममा ९ वटा मोडलका साइकल राखिएको कम्पनीले जनाएको छ । हाल कम्पनीले ३२ हजारदेखि ३ लाख ५० हजारसम्मको साइकल बिक्रीका लागि राखेको छ ।

यी साइकल किस्ताबन्दीमा पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साइकल किस्तामा खरिद गर्न मूल्यको ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने छ भने १० प्रतिशत ब्याज लाग्ने छ ।


सम्बन्धित खबरहरु