
जाकर्ता । इन्डोनेसियामा र टिमोर लिस्टेमा आएको बाढी र पहिरोका कारण ५० भन्दा बढीको मृत्यु भएको छ ।
आइतबार आएको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले हजारौं घरहरु विस्थापित भएका छन् ।
उद्धारकर्ताहरुले हराइरहेका व्यक्तिहरुको खोजी कार्य अझै भइरहेका कारण मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने बताइएको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता रादित्य जातीले भने, “चार जिल्ला र सात गाउँमा असर परेको छ ।”
हालसम्म प्राप्त भएको आधिकारिक तथ्यांक अनुसार २७ जना अझै बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । – बीबीसी