आज: 

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ओके खबर २२ चैत्र २०७७, आईतवार २०:४२ मा प्रकाशित ( हफ्ता अघि) ३७८८ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान २÷२ रूपैयाँ मूल्य वृद्धि गरेको हो।

आइतबार राती १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।

योसँगै पेट्रोलको मूल्य १२० रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १०३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ ।


सम्बन्धित खबरहरु