गैरकानुनी रुपमा ओमानमा बसेका नेपालीलाई बिना जरिवाना घर फर्किन पाउने समय थप

ओकेखबर संवाददाता २० चैत्र २०७७, शुक्रबार १३:२० मा प्रकाशित ( साल अघि) ३६९ पाठक संख्या

दोहा । गैरकानुनी रुपमा ओमानमा बसेका नेपाली श्रमिकलाई बिना जरिवाना घर फर्किन पाउने समय अवधि तीन महिना थप गरेको छ ।

ओमानस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै भिसाको म्याद तथा आवासीय परिचयपत्रको अवधि समाप्त भइ अवैध रुपमा ओमानमा बस्दै आएका वा काम गरिरहेका नेपालीसहित विदेशी नागरिकहरुलाई घर फर्किनको लागि निःशुल्क कानुनी प्रक्रियामा सहभागी हुने अवधि थप गरिएको जनाएको छ ।

यसघि ओमानको श्रम मन्त्रालयले २०२० नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मको अवधि थप गरेर २०२१ मार्च ३१ सम्म बनाएको थियो । पछिल्लो समय त्यहाँ कोरोना महामारीका कारण गैरकानुनी रुपमा बसेका नागरिक आफ्नो देश फर्किन थप समस्या भएको भन्दै समय अवधि थपेर जुन ३० सम्म पुर्याइएको त्यहाँको श्रम मन्त्रालयलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

ओमानमा रहेका नेपाली श्रमिकले पनि यसको फाइदा लिन सक्नेछन् । यो अवसरको फाइदा लिएर जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन नेपालीलाई दूतावासले आग्रह गरेको छ ।


सम्बन्धित खबरहरु