आज: 

शताब्दी पुरूष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना हुने

ओके खबर १८ चैत्र २०७७, बुधबार ०९:४४ मा प्रकाशित ( हफ्ता अघि) १५० पाठक संख्या

काठमाडौं । सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेको सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ ललितपुरस्थित जोशी निवास पुगेका थिए ।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र जोशीले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल गरेको बताए ।

‘राष्ट्रपतिले संस्कृतिविद् जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर म नेपालका जीवित इतिहास बोकेका संस्कृविद् जोशीको निवासमा आएको हुँ,’ जोशीको निवासमा आयोजित कार्यक्रममा श्रेष्ठले भने ।

उक्त विद्यालय नेपालकै नमूना र सामुदायिक विद्यालयको उत्कृष्ट सूचीमा पर्ने श्रेष्ठले बताए । विद्यालय निर्माणको लागि आगामी आर्थिक वर्षमा बजेट छुट्याइने समेत मन्त्री श्रेष्ठले जानकारी दिए । सो विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय राखिने उनको भनाइ थियो।


सम्बन्धित खबरहरु