आज: 

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आइपुग्यो

ओके खबर १६ चैत्र २०७७, सोमबार ०९:२७ मा प्रकाशित ( हफ्ता अघि) २१४ पाठक संख्या

काठमाडौं । चीन सरकारले दिएको कारोना भाइरसविरुद्धको खोपलगायतका सहायता सामग्री आज नेपाल आइपुगेको छ।

सहायता समाग्री लिन चिन गएको नेपाल एयरलाइन्सको विमान आज बिहान ८ बजेर ४२ मिनेट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। विमान हिजो बेलुकी खोप लिन बेइजिङ गएको थियो ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनले सहयोगस्वरुप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आठ लाख मात्रा खोपलगायत अन्य सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको थियो। निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला बेइजिङ तथा ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने डाक्टर गौतमले बताए । यो खोप कसरी र कस्ता व्यक्तिले लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको छ । पहिलो डोज लगाएकाले दोस्रो डोज पनि त्यही कम्पनीको खोप लगाउनु पर्ने भएकाले चीनबाट ल्याउने यो खोप, खोप नलगाएकाहरुलाई दिइने छ।


सम्बन्धित खबरहरु