बंगलादेशको रोहिंग्या शरणार्थी क्याम्पमा भिषण आगलागी, २० हजारभन्दा बढी विस्थापित

ओकेखबर संवाददाता १० चैत्र २०७७, मंगलवार ०६:५४ मा प्रकाशित ( साल अघि) ५९८ पाठक संख्या

ढाका । बंगलादेशको दक्षिण-पूर्वी क्षेत्रस्थित रोहिंग्या शरणार्थी क्यापम्मा भिषण आगलागी भएको छ । सोमबार भएको आगलागीबाट २० हजारभन्दा बढी शरणार्थीहरु विस्थापित भएको अधिकारीहरुलाई उदृत गर्दै द गार्जियनले जनाएको छ ।

आगलागीबाट सयौं टेन्टहरु, कयौं स्वास्थ्य केन्द्रहरुलगायत संरचनाहरु आगलागीबाट ध्वस्त भएका छन् । सोमबार साँझतिर कोक्स बजार जिल्लाको बालुखाली क्षेत्रमा रहेका चारवटा आगलागी सुरु भएको सरकारी शरणार्थी उद्धार र राहत आयोगका अतिरिक्त आयुक्त मोहम्मद शामसुद डोउजाले जानकारी दिएका छन् ।

हालसम्म कुनै पनि मानवीय क्षति भएको भन्ने जानकारी आएको छैन । तर, मृत्यु र घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागी सुरु भएको करिब चार घण्टापछि नियन्त्रणमा लिइएको अलजजिराले जनाएको छ ।


सम्बन्धित खबरहरु