टोटनह्यामले एस्टनभिल्लालाई हरायो, आर्सनल र वेस्ट ह्याम बराबरीमा

ओकेखबर संवाददाता ९ चैत्र २०७७, सोमबार ०७:३७ मा प्रकाशित ( साल अघि) ३६४ पाठक संख्या

काठमाडाैं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एस्टनभिल्लालाई २–० ले हराएको छ । टोटनह्यामका लागि कार्लोस भिनिसियस र ह्यारी केनले एक/एक गोल गरे ।

जितसँगै टोटनह्यामले २९ खेलमा ४८ अंक जोडेको छ । टोटनह्याम छैठौँ स्थानमा छ । २८ खेल खेलेको एस्टनभिल्ला ४१ अंकका साथ दशौं स्थानमा छ ।

यस्तै गए राति नै भएको खेलमा आर्सनल र वेस्ट ह्याम युनाईटेडले बराबरी खेलेका छन् । आर्सनल र वेस्ट ह्यामले बराबरी ३–३ गोल गरे । खेलको १५ औँ, १७ औं र ३२ औँ मिनेटमा गोल गर्दै वेस्ट ह्यामले ३–० को अग्रता लिएको अवस्थामा आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गरेको हो । खेलको ३८ औँ मिनेटमा सौसेक र ६१ औँ मिनेटमा डसनले आत्मघाती गोल गरे ।

खेलको ८२ औँ मिनेटमा वेस्ट ह्यामका एलेक्जान्डर लाकाजेटले गोल गरेपछि आर्सनल हारबाट जोगियो । बराबरीसँगै नवौं स्थानमा रहेको आर्सनलले २९ खेलमा ४२ अंक जोडेको छ । वेस्ट ह्याम ४९ अंकका साथ पाँचौँ स्थानमा रहेको छ ।


सम्बन्धित खबरहरु