कोरोनाविरुद्धको मोर्डेना खोप बालबालिकामा परीक्षण सुरु

ओकेखबर संवाददाता ५ चैत्र २०७७, बिहीबार ०७:५५ मा प्रकाशित ( साल अघि) ४२७ पाठक संख्या

वाशिङ्टन । अमेरिकी खोप उत्पादन कम्पनी मोर्डेना इन्कले कोरोना भाइरसविरुद्धको खोप बालबालिकामा परीक्षण सुरु गरेको छ । ६ महिनासम्मका बालबालिकालाई यो खोप सुरक्षित र प्रभावकारी छ कि छैन भन्‍ने यकिन गर्न यसको परीक्षण सुरु गरिएको हो ।

अमेरिका र क्यानडाका ६ हजार ७५० बालबालिकामा यो खोपको परीक्षण गरिने भएको छ । अमेरिकी नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड एन्फेक्सन डिजिज् एन्ड बायोमेडिकल एन्डभान्स रिसर्ज एन्ड डेभलप्मेन्ट अथोरिटीसँग सहकार्यमा खोप परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ ।

खोप परीक्षणको पहिलो चरणमा अनुसन्धानकर्ताहरुले कुन डोजले उपयुक्त काम गर्छ भन्‍ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । अध्ययनका क्रममा दुई देखि ११ वर्षसम्मका बालबालिकालाई ५० देखि १०० माइक्रोग्रामसम्म प्रयोग गर्नेछन् भने ६ महिनादेखि २४ महिनासम्मका बालबालिकामा २५,५० र १०० माइक्रोग्राम प्रयोग गरिने बताइएको छ ।

पहिलो डोज दिएको २८ दिनमा दोस्रो डोज खोप दिइने जनाइएको छ । यद्पि अध्ययनले वयस्कभन्दा बालबालिकामा कम प्रभाव पारेको देखाएको छ ।

हालसम्म १८ वर्षभन्दा कम उमेरका किशोर र बालबालिकाहरुलाई भने खोप नलगाउन भनिएको थियो । यो खोपको परीक्षण नै १८ वर्षभन्दा माथिका मानिसहरुमा गरिएकोले १८ भन्दा कम उमेर भएकाहरुलाई नलगाउन सुझाइएको थियो ।

यसअघि अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप बालबालिकामा कति प्रभावकारी हुन्छ भन्‍ने अध्ययन गर्न नयाँ परीक्षणको थालनी गरिएको थियो । – अलजजिरा


सम्बन्धित खबरहरु