काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विदाइ गरेर लोकतन्त्र र संविधानको रक्षा नगरे इतिहासले कसैलाई माफी नदिने बताएका छन् ।
उनले बुधबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीको विदाइ गरेर लोकतन्त्र र संविधानको रक्षा नगरे इतिहासले कसैलाई माफी नदिने बताएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीको छिटो विदाइ गर्नुपर्नेमा पनि जोड दिएका छन्
“राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है,” उनले भनेका छन् ।