त्रिशुली अस्पताल देशकै सर्वोत्कृष्ट

ओकेखबर संवाददाता ४ चैत्र २०७७, बुधबार ०९:३५ मा प्रकाशित ( साल अघि) ४७७ पाठक संख्या

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल न्युनतम सेवा मापदण्डमा गुणस्तर सुधारका लागि दैशकै उत्कृष्ट अस्पतालमा परेको छ । न्युनतम सेवा मापदण्डमा उच्चतम ८८ अंक ल्याएर त्रिशुली अस्पताल देशैभरिको सर्वोत्कृष्ट र पहिलो बनेको हो । त्रिशुली अस्पतालले सेवा गुणस्तर र अन्य सेवा मापदण्डमा सबै भन्दा धेरै अंक प्राप्त गरेको छ ।

मंगलवार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौडाले आयोजना गरेको एउटा विषेश कार्यक्रममा स्वास्थ्य विभागले उक्त घोषणा गरेको हो । भौतिक संरचना र सेवा प्रदानमा त्रिशुली अस्पतालले छोटो समयमा निकै उत्कृष्ट काम गरेको स्वास्थ्य विभागले बताएको छ । स्वास्थ्य निर्देशनालय चैत्र २ गते सोमबार नुवाकोटको जिल्ला अस्पताल त्रिशुलीको विभिन्न पक्षहरुको परिक्षण गरेको थियो ।

विरामीहरुलाई प्रदान हुने सेवा देखि कर्मचारीहरुको आन्तरिक ब्यवस्थापन, श्रोत वाँडफाँड र भौतिक संरचना र पुर्वाधारको अवस्थाको बारेमा समेत अनुगमन टोलीले जाँच गरेको थियो ।

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर दिपेन्द्र पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परिक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकहरुलाई आशा जगाएको बताए। त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले नुवाकोटको लागि यो गौरबको विषय रहेको उल्लेख गरे ।


सम्बन्धित खबरहरु