काठमाडौं । सिन्धुलीमा मंगलबार जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। आठ जना घाइते भएका छन्।
सिन्धुलीमाढीबाट कमलामाई नगरपालिका बाँसकटेरीतर्फ गुडिरहेको बा १७ च १११७ जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार मृत्यु हुनेमा कमलामाई ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता इसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनीष श्रेष्ठ छन् ।
दुर्घटनामा परी ३८ वर्षीय चालक भोजविक्रम थापा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ ।
अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको जिपमा १२ जना चढेका थिए। जिप सडकबाट ६० फिट तल खसेको थियो ।