नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमै उपचार हुँदै

ओकेखबर संवाददाता ४ चैत्र २०७७, बुधबार ०७:३९ मा प्रकाशित ( साल अघि) ७२४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको स्वास्थ्य अवस्था गम्भीर रहे पनि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको जस्तो नभएको जानकारी दिए ।

“केही मिडियाले गलत समाचार लेखे । यसले तनाव बढाएको छ । उहाँको भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ,” उनले भने, “ब्रेनमा समस्या छ, रक्तचाप न्यून रहेको छ, फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर छ ।”

जोशीको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको छ । बेहोस भएर अस्पतालमा भर्ना भएका जोशीको टाउकोमा जमेको पानी र रगत फाल्न फागुन १४ गते शल्यक्रिया गरिएको थियो ।

मस्तिस्कघात भएका जोशीलाई बीचमा भेन्टिलेटरबाट आइसीयूमा सारिएको भए पनि पछि फेरि स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।


सम्बन्धित खबरहरु