आज: 

नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला हुँदै, यस्ताे छ रणनीति

ओके खबर ४ चैत्र २०७७, बुधबार ०७:१९ मा प्रकाशित ( साल अघि) ४१६ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको माधव नेपाल –झलनाथ खनाल पक्षले आज र भोलि राष्ट्रिय कार्यकर्ता भेला गर्दैछन्। मंगलबार पत्रकार सम्मेलन गर्दै सो पक्षले भेलाको तयारी पूरा भएको जनाएको थियो।

मुलुकको बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई अघि बढाउन ‘राष्ट्रिय कार्यकर्ता भेला’ आयोजना गरिएको नेपाल समूहले बताएको छ । गत शनिबार बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत्र ४ र ५ गते ‘राष्ट्रिय कार्यकर्ता भेला’ आयोजना गर्ने निर्णय गरेको थियो ।

‘राष्ट्रिय कार्यकर्ता भेला’ मा पार्टीलाई सुदृढ, एकतावद्ध, क्रियाशील र विधान सम्मत अगाडि बढाउने विषयमा व्यापक छलफल हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

यसअघि सो भेला रोक्न प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका थिए। तर, नेता माधव–झलनाथ पक्षले भने कार्यकर्ता भेला नरोक्ने भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर भेलाबारे जानकारी दिएका थिए। साथै प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा समेत सो पक्ष सहभागी भएको थिएन।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, केन्द्रीय कमिटीका पूर्वसदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वसांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, सम्पर्क कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका सचिलाय सदस्यहरु, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरु गरि दुई हजारभन्दा बढीको सहभागिता रहने नेपाल समूहले जनाएको छ ।


सम्बन्धित खबरहरु