आज: 

एमाले एउटै हुने सम्भावना देखिएन : रामकुमारी झाँक्री

ओके खबर ३ चैत्र २०७७, मंगलवार ०९:३० मा प्रकाशित ( साल अघि) ६४० पाठक संख्या

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमाले एउटै हुने सम्भावना नदेखिएको बताएकी छन् । नेतृ झाँक्रीले सोमबार राति सामाजिक सञ्‍चाल फेसबुकमा स्टाटस लेख्दै आजका दिनसम्म एमाले हुने हुने सम्भावना नदेखिएको बताएकी छन् ।

उनले लेखेकी छन्, “आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन । षड्यन्त्र, छलछाम गरेर पाँच वर्षका लागि प्राप्त गरेको जनताको म्यान्डेटलाई संसद र पार्टी एकता भंग गरेर अस्थिरता तिर धकेल्न खोज्नु जनमतको अपमान हो । तर पनि आजको संवादलाई सकारात्मक मान्‍न सकिन्छ ।”

उनले २०७५ जेठ २ गतेभन्दा अघिको स्थितिमा गएपछि मात्रै नेकपा एमाले एकता सम्भव भएको बताएकी छन् ।

उनले थप भनेकी छन्, “नेकपा एमाले पार्टीको अस्तित्वको आधार फागुन २३ गतेको सर्वोच्चको फैसला हो । त्यसले भनेको छ- नेकपा एमालेको वैधानिक आधार २०७५ जेठ २ अघिको अवस्था हो । त्यही आधारमा अगाडि बढ्ने हो भने मात्र पार्टी एक रहन सक्छ, त्यसका लागि आधारभूत रूपमा २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शून्य मान्नुपर्दछ ।”

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइ दिएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह असन्तुष्ट बनेको हो । सोमबार दिउँसो ओली र नेपाल समूहबीच छलफल भए पनि कुनै निष्कर्ष भने निस्किएन ।


सम्बन्धित खबरहरु