आज: 

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा धादिङका सैनिक जवानकाे मृत्यु

ओके खबर ३ चैत्र २०७७, मंगलवार ०९:०९ मा प्रकाशित ( साल अघि) १८३९ पाठक संख्या

कास्की। पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटना हुँदा नेपाली सेनाका एक जवानको ज्यान गएको छ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः १५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ ४: ४५ बजे निधन भएको हो ।

उनी सेनाको कालीजङ्ग गणमा कार्यरत रहेका थिए। उनको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु