आज: 

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

ओके खबर ३ चैत्र २०७७, मंगलवार ०६:४४ मा प्रकाशित ( साल अघि) ५४४ पाठक संख्या

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

आजको बैठकमा सरकारले विभिन्न समयमा जारी गरेका अध्यादेशहरु जारी नहुने भएको छन् । सोमबार संसद सचिवालयले जारी गरेको सम्भावित दुई कार्यसूचीहरुमा अध्यादेश पेश हुने बारे केही उल्लेख गरिएको छैन ।

आजको बैठकका दुई कार्यसूचीहरु रहेका छन। जसमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेका छन् ।

यादव २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाँके क्षोत्र नं. २ बाट निर्वाचित सदस्य थिए । उनी नेपाल सरकारका सरसफाइ तथा खानेपानी राज्यमन्त्री थिए । उनको निधन २०७७ साल माघ १ गते भएको थियो ।


सम्बन्धित खबरहरु