आज: 

एमालेले हटायो ७० वर्षे उमेर हदको प्रावधान

ओके खबर २९ फाल्गुन २०७७, शनिबार ०७:२४ मा प्रकाशित ( साल अघि) ६४४ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको आज शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन गरी ७० वर्षे उमेर हदलगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु हटाएको छ।

७० वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशनअघि नै बिदा हुनुपर्ने र त्यसले पुनर्स्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा पार्टी एकीकरणका बेला कायम ४३५ सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गरिएको छ। त्यस्तै बैठकले महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचना लगायतका कतिपय प्रश्नमा विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन वाधा अड्काउ फुकाउने निर्णय गरेको छ।

बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णयअनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन दिएको छ। निर्वाचन आयोगले १५ दिनभित्र एकता गर्नका लागि समय दिएकोमा बैठकले अब पार्टी एकीकरणको सम्भावना नरहेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ।


सम्बन्धित खबरहरु