जसपा कुर्सीको दौडमा छैन: डा. बाबुराम भट्टराई

ओकेखबर संवाददाता २८ फाल्गुन २०७७, शुक्रबार ०८:२० मा प्रकाशित ( साल अघि) ३४० पाठक संख्या

काठमाडौं । नेकपा (एमाले) संगको सत्तासमिकरणबारे जनता समाजवादी पार्टी (जसपा) का संघीय परिपद् अध्यक्ष डा. बाबुराम भट्टराईले फरक प्रतिक्रिया दिएका छन ।

सत्तासमिकरणका लागि बिहीबार जनता समाजवादी पार्टीका शीर्ष नेताको टोली र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको जसपाका नेताहरुले बताए पनि अध्यक्ष भट्टराईले आफुहरु कुर्सीको दौडमा नरहेको बताएका हुन ।

जसपाका नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार साँझ बालुवाटारमा ३ घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसंगको छलफलमा आफूसमेत सहभागी हुने भनेर पार्टीको पदाधिकारी बैठकले निर्णय गरेको भए पनि डा. भट्टराई अन्तिम समयमा बालुवाटार गएका थिएनन् ।

‘देश अत्यन्तै गम्भीर संकटमा फँसेका बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेका बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुको सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त,’

बिहीबार राति डा. भट्टराई सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसपा त्यो मुसादौडमा छैन है !’


सम्बन्धित खबरहरु