च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्टस

ओकेखबर संवाददाता २६ फाल्गुन २०७७, बुधबार ०८:१३ मा प्रकाशित ( साल अघि) ३७४ पाठक संख्या

काठमाडौं । इटालियन क्लब युभेन्टसलाई हराउँदै पोर्चुगिज क्लब पोर्टो च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा पोर्टोले ३–२ गोलको हार बेहोरेको थियो। तर त्यसअघि पहिलो लेगको खेलमा पोर्टोले २–१ गोलको जित निकालेको थियो।

दुवै खेलको समग्रमा नतिजा ४–४ को बराबरी भए पनि पोर्टोले दुई अवे गोल गरेको र युभेन्टसले एकमात्र अवे गोल गरेपछि अवे गोलका आधारमा पोर्टो अन्तिम ८ मा प्रवेश गरेको हो।

गएराति युभेन्टसका लागि फेडरिको चिइसाले दोस्रो हाफमा दुई गोल गरे भने एड्रिन राबियोटले अतिरिक्त समयमा एक गोल गरे।

त्यस्तै पोर्टोका लागि सर्जियो ओलिभियरले १९ औं मिनेटमा र अतिरिक्त समयमा गोल गरेका थिए।

यता पोर्टोका मेहेदी तारेमी खेलको ५४ औं मनेटमै रातो कार्ड खाँदै बाहिरिएपछि पाहुना टिम १० खेलाडीमा समेटिएको थियो।


सम्बन्धित खबरहरु