इक्वेटोरियल गिनीको सैन्य क्याम्पमा भयंकर विस्फोट, १७ मृत्यु, ४०० घाइते

ओकेखबर संवाददाता २४ फाल्गुन २०७७, सोमबार ०७:५३ मा प्रकाशित ( साल अघि) २७९ पाठक संख्या

अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो सहर बाटास्थित सैन्य अड्डामा आइतबार शक्तिशाली विस्फोट भएको छ।

घटनामा १७ जनाको मृत्यु भएको छ भने ४ सय जनाभन्दा बढी घाइते भएका छन्।

त्यहाँका राष्ट्रपति टिओडोरो ओबिआङका अनुसार सैन्य अड्डामा प्रयोग गरिएको डायनामाइटसँग सम्बन्धित लापरबाहीका कारण विस्फोट भएको हो।

उनले घटनामा १५ मानिस मारिएको र ५ सय जना घाइते भएको बताएका थिए। तर पछि त्यहाँको स्वास्थ्य मन्त्रालयले १७ जनाको मृत्यु र ४२० व्यक्ति घाइते भएको जानकारी दिएको हो। एजेन्सी


सम्बन्धित खबरहरु