आज: 

एट्लेटिको र रियलले बराबरी गर्दै बाँडे अंक

ओके खबर २४ फाल्गुन २०७७, सोमबार ०७:२७ मा प्रकाशित ( महिना अघि) ३२१ पाठक संख्या

एजेन्सी ।  स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडले बराबरी गर्दै अंक बाँडेका छन्। आइतबार राति भएको म्याड्रिड डर्बीमा दुवै टोलीले एक एक गोलको बराबरी गर्दै अंक बाँडेका हुन् ।

खेलको १५औं मिनेटमा फरवार्ड लुइस सुआरेजको गोलमा एट्लेटिकोले सुरुवाती अग्रता बनाएको थियो। उनले मार्कोस लोरेन्टेको पासमा गोल गरेका थिए ।

खेलको अन्तिम मिनेटमा एट्लेटिको सम्हालिन नसक्दा अंक बाड्न बाध्य भयो। खेलको ८७ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै एट्लेटिको २५ खेलमा ५९ अंकसहित शीर्षस्थानमा कायम छ। दोस्रो स्थानमा रहेको बार्सिलोना २६ खेलमा ५६ तथा रियलको २६ खेलमा ५४ अंक छ ।

गएराति नै भएको खेलमा सेल्टा भिगोले हुएस्कालाई ४–३ गोल अन्तरले हरायो। एट्लेटिको विल्वाओले ग्रानाडालाई २–१ ले हराउँदा रियल सोसिडाडले लेभान्तेलाई १–० ले हराएको छ ।


सम्बन्धित खबरहरु