आर्त वर्णन

ऋषभदेव घिमिरे २३ फाल्गुन २०७७, आईतवार १३:३० मा प्रकाशित ( साल अघि) ६२४ पाठक संख्या

आफैं काेट्ट्याएर
मुटुको पहिलो सतह
म लेख्न खाेज्दैछु
हृदयकाे आर्त वर्णन

नरम,मुलायम,काेमल
शब्दार्थहरूले
सम्बाेधन गर्न नसकिने
सानाे काेठरी
दुख्दै छ
भेल बगाएर रगत
मुल धमनीहरू
खुम्चदै छन

रुदै छन
मुटुका आँखा रुपि
दुइवटा भल्भहरू

 

आफैं उज्यालो छर्ने मुटु
भयङ्कर अध्याराे फिंजाएर
खाेजि रहेकाे मृत्युको छाया
इश्वरले भुल गरे जस्तै
बिर्सेर दयाकाे श्वास
सनै सनै
फेर्दै छ मुटु नीरव निस्वास

प्रेमकाे बीउ जाेगाउदै
कुइरी मण्डल कुहिराेमा पनि
शिशु तनमा फैलदै छ
यातनाको ज्वारभाटा
आफ्नै दिलकाे शिकारमा
एक फक्ल्याटाे मुटु
चाेइटेर अर्को टुक्राेले
लडाउन खाेज्दै छ
छ फुटे आफ्नै काया

 

धेरै छ
लेख्नु पर्ने आर्त वर्णन
कसरी लेख्नु र सुनाउनु कवितालाई
न गाउनै सकिन्छ
न छपाउनै सकिन्छ
हाेस्ट राइटरलाई
लेखाउन पनि सकिदाे रहेनछ
मन भित्रकाे
अतीव आर्त वर्णन ।


सम्बन्धित खबरहरु