३ लाख ४८ हजार डोज कोरोना भ्याक्सिन आज नेपाल ल्याइदै

ओकेखबर संवाददाता २३ फाल्गुन २०७७, आईतवार १२:३५ मा प्रकाशित ( साल अघि) १८६ पाठक संख्या

काठमाडौं । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन आइतबार काठमाडौं आइपुग्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आउन लागेको हो। यो खोप नेपालले अनुदानमा पाएको हो।

अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको उक्त खोप यसअघि नै नेपालमा प्रयोग भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो।

उक्त कार्यक्रम अन्तर्गत त्यस्ता राष्ट्रहरूले कम्तिमा २० प्रतिशत खोप पाउने भनिएको छ। यद्यपि सुरूमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने भनिएको छ।


सम्बन्धित खबरहरु