प्रदेश १ र बाग्मतीका यी क्षेत्रमा आज विद्युत अवरुद्ध हुने

ओकेखबर संवाददाता २३ फाल्गुन २०७७, आईतवार १०:३२ मा प्रकाशित ( साल अघि) २६५ पाठक संख्या

काठमाडाैं । बाग्मती प्रदेश र प्रदेश १ का विभिन्न ठाउँमा आज पनि विद्युत अवरुद्ध हुने भएको छ ।

वाग्मती प्रदेशको धुन्चे वितरण केन्द्रको सान्जेल फिडर, स्याफ्रु फिडर र रसुवागढी फिडरअन्तर्गतका क्षेत्रहरुमा आज ६ घण्टा बत्ती जाने भएको हो ।

यी क्षेत्रहरुमा बिजुलीको लाइन मर्मत गर्नुपर्ने भएकाले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

त्यस्तै प्रदेश १ को इटहरी वितरण केन्द्रको उद्योग लविपुर फिडर र एनटीसी फिडरअन्तर्गतका क्षेत्रहरुमा पनि आज ८ घण्टा बत्ती जाँदैछ ।

उद्योग लविपुर र एनटीसी फिडरअन्तर्गत आज बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।


सम्बन्धित खबरहरु