आजबाट प्रधानमन्त्रीसहित ६५ बर्ष माथिकालाई कोरोनाविरुद्धको खोप लगाईंदै

ओकेखबर संवाददाता २३ फाल्गुन २०७७, आईतवार १०:२१ मा प्रकाशित ( साल अघि) ३९३ पाठक संख्या

काठमाडौं । आज देखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । कोरोना खोपको दोस्रो चरणअन्तर्गत ६५ बर्ष माथिका उमेर समूहलाइ खोप दिन लागिएको हो ।

यही उमेर समूहमा पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरूमै कोरोनाविरुद्धको खोप लगाउँदैछन ।

प्रधानमन्त्री ओलीले आज त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले खोप लगाएपछि नेपालमा दोस्रो चरणको खोप अभियानको सुरुवात हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो अभियान ६ हजारभन्दा बढी खोप केन्द्रबाट सञ्चालन हुनेछ । यस चरणमा जेष्ठ नागरिकबाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिइनेछ ।

यसकासाथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप लगाइने छ ।

त्यसैगरी आजै संवैधानिक निकायका पदाधिकारीहरुले कोरोना बिरुरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्थास्थ्य मन्त्रमलयले जनाएको छ ।


सम्बन्धित खबरहरु