संसदको सातौं अधिवेशन आज, यस्तो छ कार्यसूची

ओकेखबर संवाददाता २३ फाल्गुन २०७७, आईतवार ०७:५४ मा प्रकाशित ( साल अघि) ४५४ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आज आइतबार अपरान्ह ४ बजे बस्दैछ। प्रतिनिधिसभाको यो सातौं अधिवेशन हो ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला सुरु हुन लागेको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। अधिवेशन सुरु हुनुअघि नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेतक घोषणा गरिसकेका छन् ।

नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार यसअघिका अधिवेशनजस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिनेछ। त्यसैगरी मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले सुनाउनेछन् ।

बैठकमा सात वटा अध्यादेश पनि प्रस्तुत गर्ने कार्यसूची छ। पहिलो बैठकमा पेश गर्ने शोक प्रस्ताव नै १४ वटा छन् । यो कार्यसूचीलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम रुप दिनेछ।


सम्बन्धित खबरहरु