आज: 

मेलम्चीको पानी सुन्दरीजलमा, प्रधानमन्त्रीले भने– लड्डु यस्तो बेलामा खानुपर्छ

ओके खबर २२ फाल्गुन २०७७, शनिबार २१:४४ मा प्रकाशित ( महिना अघि) २६९ पाठक संख्या

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानीको आयोजनाको पानी काठमाडौँको सुन्दरीजल आइपुगेको छ।

उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षण गरिएको पानी स्वीच दबाएर बागमतीमा झारेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले जतिबेर पायो त्यतिबेर लड्डु खान नहुने भन्दै नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत मेलम्ची खोलाको पानी सुन्दरीजलमा झारिएको अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधवप्रति कटाक्ष गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘यो खुशीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । लड्डु यस्तो बेलामा खानुपर्छ । खुशी यस्तो बेलामा हुनुपर्छ ।’


सम्बन्धित खबरहरु