दोस्रो चरणको खोप २३ फागुनदेखि, काे-काे छन् प्राथमिकतामा ?

ओकेखबर संवाददाता २० फाल्गुन २०७७, बिहीबार ०७:५४ मा प्रकाशित ( साल अघि) ६४० पाठक संख्या

काठमाडौं । यही २३ फागुनदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिए । उनले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गरे ।

यसैगरी, आजै सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री तथा नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलगायतले पनि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत १४ माघदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो । सो अवसरमा खोप नेपालको कूल जनसंख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो ।

सोमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनालाई खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने छ ।


सम्बन्धित खबरहरु