राष्ट्रपतिले उद्‌घाटन गर्ने मेलाका लागि प्रभु शाहको निर्देशनमा गहुँ बाली नष्ट, किसान आक्रोशित

ओकेखबर संवाददाता १९ फाल्गुन २०७७, बुधबार १२:०६ मा प्रकाशित ( साल अघि) २३० पाठक संख्या

रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा पाक्दै गरेको पाँच विघामा लगाइएको गहुँबालीमा डोजर लगाइएको छ ।

जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको अवसरमा ठूलो मेला लगाउनका लागि भन्दै प्रभु शाहको निर्देशनमा गुहँ बालिमा डोजर लगाइएको स्थानीयले बताएका छन् ।

मन्त्री शाहले सुरुमा पनि त्यस ठाउँमा गहुँबाली नलगाउन निर्देशन दिएका थिए । तर, जमिन खाली राख्‍दा पेट भोकै रहने भन्दै किसानहरुले गहुँबाली लगाएका थिए ।

राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने उक्त मेलामा भारतबाट भोजपुरी सिनेमाका कलाकारहरु समेत ल्याउने तयारी भइरहेको छ ।

मन्त्रीकै निर्देशनमा किसानहरुको बालीमा डोजर चलाइएपछि चौतर्फी आलोचना र आक्रोश बढेको छ ।


सम्बन्धित खबरहरु