फेरि बढ्यो इन्धनको मूल्य

ओकेखबर संवाददाता १८ फाल्गुन २०७७, मंगलवार ०७:२६ मा प्रकाशित ( साल अघि) ५५१ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ।

निगमले आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटीतेल तथा हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११६, डिजेल र मटीतेल ९९ र हवाई इन्धनको ६९ रुपैयाँ पुगेको छ। निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिको आधारमा मूल्य वृद्धि गर्नुपरेको जनाएको छ।

माघको अन्तिम साता मूल्य वृद्धि गरेको निगमले फेरि ४ फागुनमा मूल्य वृद्धि गरेको थियो।


सम्बन्धित खबरहरु