ईपीएल आउँदो सेप्टेम्बरमा हुने

ओकेखबर संवाददाता १७ फाल्गुन २०७७, सोमबार १२:१५ मा प्रकाशित ( साल अघि) २१७ पाठक संख्या

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) आउँदो सेप्टेम्बरमा हुने भएको छ।

कोभिड–१९ महामारीका कारण एक वर्षअघि स्थगित भएको प्रतियोगिता अब सेप्टेम्बरमा सञ्चालन हुन लागेको हो। यसअघि तीन सिजनमा भएको प्रतियोगिता मार्च वा अप्रिलमा सञ्चालन हुँदै आएको थियो।

ईपीएल प्रालिका अध्यक्ष अमिर अख्तरले कोरोनाको महामारी घट्दो क्रममा रहेकाले आफूहरू प्रतिस्पर्धा गर्नका लागि तयार रहेको बताएका छन्। त्यस्तै प्रतियोगिताको तयारीका लागि ६ महिना आवश्यक पर्ने भएकाले उनले सो समय राखेर मिति सार्वजनिक गरेको पनि बताएका छन्।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ क्यानले पनि मिति प्रदान गरेको छ। प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म हुनेछ। प्रतियोगिता काठमाडौं उपत्यकामा हुने आयोजक ईपीएलले बताएको छ।


सम्बन्धित खबरहरु