केटले पानीमुनी ७ मिनेट श्वास रोक्दा…

ओकेखबर संवाददाता १२ फाल्गुन २०७७, बुधबार १२:३५ मा प्रकाशित ( साल अघि) ४४१ पाठक संख्या

लसएन्जल्स । निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित फिल्म ‘अवतार २’का लागि अभिनेत्री केट विन्सलेटले सात मिनेटको अन्डरवाटर सिक्वेन्स दिएकी छन् । यो दृश्य खिचिरहँदा उनले आफू मर्न लागेको अनुभव गरेको खुलासा गरेकी छन् ।

अब्जर्भर म्यागेजिनका लागि उनले दिएको अन्तरवार्तामा आफ्नो डर खुलाएकी हुन् । ‘यो दृश्य निकै सानदार थियो । दिमाग नियन्त्रणमा थिएन । तपाईं त्यो समयमा अरु केही सोच्न सक्नुहुन्न थियो । चारैतिर पानीका बुलबुल थिए । जब म बाहिर आएँ, त्यो बेला मेरो पहिलो बोली ‘के म मरें रु’ भन्ने थियो । किनकी त्यो दृश्य खिचिरहँदा मैले सायदमै म मरिसकें भन्ने सोचेको थिएँ’,

जीन्यूजका अनुसार फिल्ममा केटले रोनलको भूमिका निर्वाह गरेकी छन् । यो भूमिकाका लागि उनका पति नेक रोकनरोलले उनलाई डाइभिङ गर्न सिकाएका थिए ।

‘तपाईंलाई कसैको साथ चाहिएको थियो । नेकले मलाई तालिम दिए । नेक श्वास रोक्न खप्पिस छन् । तर यो चक्करमा केही समयका लागि होस गुमाउनु परेको थियो’, उनले भनेकी छन् ।

उनले फिल्ममा आफ्नो भूमिकाका लागि फ्री–डाइभ सिकेकी थिइन् । उनले ७ मिनेट १४ सेकेण्डसम्म श्वास रोकेकी थिइन् ।


सम्बन्धित खबरहरु