संसद् पुनर्स्थापना भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले लेखे भावुक कविता

ओकेखबर संवाददाता १२ फाल्गुन २०७७, बुधबार ०८:४० मा प्रकाशित ( साल अघि) ९०५ पाठक संख्या

सर्वाेच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले भावुक कविता लेखेका छन्।

नेकपा ओली समूहका सचिवालय सदस्य पोखरेलले मंगलबार राति फेसबुकमा यात्रा शीर्षकमा कविता लेख्दै मानिसले कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने सन्देश दिएका हुन्।

उनले लेखेको कविता यस्तो छ :

यात्रा
लड्दै उठ्दै, लड्दै उठ्दै
हिँड्न सिकेका मानिसहरू !

अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू !

अनुभवका पाठशालामा
पढ्दै सिक्दै पोख्त बनेका मानिसहरू !

अनेक लडाइँमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू !

दुष्चक्र विरूद्धको लडाइँमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू !

कमजोरीमा किचिएर होइन
कमजोरीलाई पराजित गर्दै

गन्तव्य लक्षित बनेर हिँडिरहन्छन् मानिसहरू !
चिरञ्जीवी बनिछाड्छन् मानिसहरू !!


सम्बन्धित खबरहरु