इजिप्टको ‘मिस इको इन्टरनेसनल’मा अनुश्मा

ओकेखबर संवाददाता ११ फाल्गुन २०७७, मंगलवार १२:१२ मा प्रकाशित ( साल अघि) ५१० पाठक संख्या

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् ।

मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रीन आर्ट मिडियाले प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो ।

१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने प्रतियोगिताका लागि छानिएकी रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को विजेता हुन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन् ।

२१ वर्षीया रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट जाँदैछिन् । यसअघि यो प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचन र मौनता लामाले सहभागिता जनाइसकेका छन् ।


सम्बन्धित खबरहरु