आज: 

प्रतिनिधि विघटनविरुद्ध मुद्दाको आज पेसी, कहिले आउला फैसला

ओके खबर ११ फाल्गुन २०७७, मंगलवार १०:५१ मा प्रकाशित ( हफ्ता अघि) ११८ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज पेसी तोकिएको छ।

फागुन ७ गते संवैधानिक इजलासमा बहस सकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो।

इजलासले फागुन १० गतेभित्र बहस नोट पेस गर्न कानुन व्यवसायीलाई आग्रह गरेको थियो।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।

अब सो मुद्दाको फैसला आजबाट जुनसुकै समयमा पनि आउन सक्छ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।


सम्बन्धित खबरहरु