
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानीलाई काठमाडौं ल्याउन सुरुङमा प्रवेश गराएर परीक्षण गरिदैछ ।
मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मात्रै मेलम्ची खोलाको पानी काठमाडौँ आइपुग्नेछ । यो परीक्षण गर्न कम्तिमा दुुई महिना लाग्ने आयोजनाले बताएको छ ।
मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।
मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट) को जडान र फिनिसिङको काम सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो ।
आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क ९एडीबी० ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो । यसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ ।
मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड ९पथान्तरण० गरिनेछ ।
उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि मात्रै सुन्दरीजलमा पानी ल्याइनेछ ।