कोरोनाको नयाँ भेरियन्ट देखिएपछि महाराष्ट्रमा लकडाउन घोषणा

ओकेखबर संवाददाता १० फाल्गुन २०७७, सोमबार १०:४० मा प्रकाशित ( साल अघि) ५३५ पाठक संख्या

मुम्बई । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि महाराष्ट्र सरकारले सोमबारदेखि एक साताका लागि लकडाउन घोषणा गरेको छ । महाराष्ट्र सरकारले सोमबारदेखि लागु हुने गरि अमराभाति जिल्लामा २२ फेब्रुअरीदेखि एक साताका लागि लकडाउन घोषणा गरिएको हो ।

उक्त लकडाउन मार्च १, २०२१ सम्म लकडाउन जारी रहने महाराष्ट्र सरकारले जनाएको छ । सरकारले अत्यावश्यक सेवाबाहेक सोमबारदेखि सात दिनका लागि सम्पूर्ण सेवाहरु बन्द रहनेछन् ।

महाराष्ट्रका एकजना मन्त्री यसोमति ठाकुरले भने, “महाराष्ट्रको अमरावति जिल्लामा सोमबार बिहान ८ बजेदेखि लकडाउन जारी हुन्छ ।”

यदि स्थानीयहरुले लकडाउनको पालना नगरेको अवस्थामा लकडाउनको अवस्थामा लकडाउनको अवधि बढाउन सकिने समेत महाराष्ट्र सरकारले जनाएको छ । – डीएनए इण्डिया


सम्बन्धित खबरहरु