रूबिनाले जितिन् १४औँ संस्करणको बिग बोसको उपाधि, पाइन् यस्ताे पुरस्कार

ओकेखबर संवाददाता १० फाल्गुन २०७७, सोमबार ०९:१५ मा प्रकाशित ( साल अघि) २१०३ पाठक संख्या

काठमाडौं ।  भारतीय चर्चित रियालिटी शो बिग बोसको १४औँ संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् । रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी छन् ।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने ।

रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

बिग बोस कार्यक्रम सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए ।

सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो । कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।


सम्बन्धित खबरहरु