ओली पक्षका नेता बास बसेको घरमा आक्रमण, घरमा क्षति, गाडी तोडफोड

ओकेखबर संवाददाता १० फाल्गुन २०७७, सोमबार ०८:३७ मा प्रकाशित ( साल अघि) ३३९ पाठक संख्या

काभ्रे । काभ्रेको चौरीदेउरालीमा गएराति नेकपा ओली पक्षका नेता कार्यकर्ता बास बसेको घरमा आक्रमण भएको छ । संगठन विस्तार गर्न चौरीदेउराली पुगेका नेकपा ओली पक्षका नेताहरु बास बसेको घर र नेताहरु चढेको गाडी तोडफाड भएको हो ।

ओली पक्षको सोमबार वडा समिति गठन गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका लागि आइतबार पुगेका ओली पक्षीय नेताहरु बास बसेको स्थानीय तिलकको घरमा आक्रमण भएको हो ।

आक्रमणकारीहरु २०–२५ वटा मोटरसाइकलमा आएका थिए । तिनीहरुले बास बसेको घरमा ढुंगा हानेको र गाडी तोडफोड गरेको जनाएको छ ।

सोमबार हुने कार्यक्रमका लागि चौरीदेउराली ५ पुगेर लेखराज गौतम, रीता ढकाल, चुडामणी गौतम लगायतको टोली बास बसेको थियो ।

नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सो आक्रममणको पुष्टि गरेका छन् । नेता बाँस्कोटाले सो आक्रमण प्रचण्ड–नेपाल समूहले गरेको आरोप लगाएका छन् । सो घटनाबारे उनले ट्वीट गरेका छन्,

‘संगठन विस्तारको क्रममा चौरिदेउराली पुगेको नेताहरुको गाडिमा भर्खरै मार्चण्ड समुहले तोडफोड गरेको छ । बाईकमा चढेर आएकाहरूले छापामार शैलीमा बास बसेको घरमा आक्रमण गर्ने जंगली हर्कत गर्दै छन । जनमत कटेपछि गरिने यस्तो हर्कत सफल हुने छैन । आक्रमणकारीहरू कानूनी दायराबाट भाग्न सक्ने छैनन ।’


सम्बन्धित खबरहरु