१ लाख पुरस्कार राशीको खुल्ला हाफ म्याराथन हुने

ओकेखबर संवाददाता ८ फाल्गुन २०७७, शनिबार १९:४० मा प्रकाशित ( साल अघि) १८७ पाठक संख्या

बुटवल । रोटरी क्लब अफ भैरहवाको आयोजनामा आगामी फागुन २२ गते खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।

रोटरी ईन्टरनेशनल डेको अवसरमा मारुती फूडपार्क मुख्य प्रायोजक र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजकमा ईन्टरनेशनल हाफ म्याराथन प्रतियोगिता हुने भएको हो। शनिबार रुपन्देहीको तिलोत्तममा गरिएको पत्रकार सम्मेलनमा विभागीय खेलाडीहरुसहित ३०० बढी सहभागिता हुने आयोजकले जनाएका छन्।

२१ किलोमिटरको म्याराथन लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट सुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अञ्चलपुर, बुद्धचोक, बर्मेली टोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन गरिने क्लबका अध्यक्ष शिवहरि शर्माले जानकारी दिए ।

विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुई जनालाई नगद ५ हजार १०० रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए।


सम्बन्धित खबरहरु