दक्षिण कोरियामा रोजगारीको अवधि १३ महिना थपियो

ओकेखबर संवाददाता ७ फाल्गुन २०७७, शुक्रबार ०९:१४ मा प्रकाशित ( साल अघि) ५६८ पाठक संख्या

काठमाडौं । कोरोनाभाइरस महामारीका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारहरुलाई दक्षिण कोरियामा कामको थप अवसर मिल्ने भएको छ ।

त्यस्ता कामदारहरुलाई कोरिया सरकारले अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने नयाँ नीति ल्याएको हो ।

दक्षिण कोरियाले विभिन्न भिसामा कोरिया पुगी काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहेमा १३ महिनासम्मको अवधि थप्न पाइने व्यवस्था गरिएको हो ।

लामो समयदेखि विदेशी कामदार नल्याएका कारण कोरियामा अहिले कामदारको अभाव हुन थालेको छ । कामदारको अभावलाई पूर्ति गर्न कोरियाले यस्तो रणनीति ल्याएको छ ।


सम्बन्धित खबरहरु