सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घट्यो

ओकेखबर संवाददाता ५ फाल्गुन २०७७, बुधबार १२:१८ मा प्रकाशित ( साल अघि) ५४४ पाठक संख्या

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको छ। मंगलबार ९० हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ८९ हजार ८०० तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य १ हजार ५० घटेको छ। तेजाबी सुन मंगलबार ९० हजार ४०० मा कारोबार भएको थियो। आज ८९ हजार ३५० मा झरेको छ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर १ हजार ३४० कायम भएको छ।


सम्बन्धित खबरहरु