आज:

काठमाडौं । अमेरिकाको टेस्साससहितका केही राज्यमा हिमआँधीले बितन्डा मच्चाएको छ ।
हिमआँधीमा परेर कम्तिमा पनि २० जनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीका अनुसार टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि आपूर्ति हुन सकेको छैन । बीबीसीका अनुसार केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको असर परेको छ ।
अमेरिकामा अत्यधिक चिसोका कारण बिजुलीको माग बढिरहेकै समयमा घण्टौँदेखि बिजुली आपूर्ति हुन सकेको छैन ।