कोरोनाबाट बेलायतमा थप दुई नेपालीको ज्यान गयो

ओकेखबर संवाददाता ३ फाल्गुन २०७७, सोमबार १२:०८ मा प्रकाशित ( साल अघि) ६३७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले जनाएको छ ।

कोरोना संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । अहिले सम्म २१ वटा देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ । जसमध्ये ५८ हजार ४ सय ३२ जना निको भईसकेका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।


सम्बन्धित खबरहरु