कोरोना संक्रमित आमाको दूध हरियो भएपछि…

ओकेखबर संवाददाता १ फाल्गुन २०७७, शनिबार १८:४५ मा प्रकाशित ( साल अघि) ५९८ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसका कारण के आमाको दूध हरियो बन्छ : सायद यसको जवाफ दिन मुश्किल हुन्छ। किनभने हालसम्म यो विषयमा धेरै अनुसन्धान भएको छैन।

तर मेक्सिकोकी एक २३ वर्षकी एना कर्टेजले आफू र आफ्नो सन्तान कोरोना संक्रमित बनेपछि आफ्नो दूध हरियो रङमा परिणत भएको बताएकी छिन्।

मेट्रो को युकेका अनुसार एकाएक दूध हरियो भएपछि उनी चिन्तित बनेकी थिइन्। तर कोरोना संक्रमणमुक्त भएपछि भने हाल उक्त समस्या हटेको उनको भनाइ छ। एना कर्टेजले आफ्नो दाबीलाई पुष्टि गर्न हरियो रङको दूध पनि सामाजिक संजालमा पोस्ट गरेकी थिइन्।

उनको दाबीपछि बाल रोग विज्ञेषज्ञ तथा स्तनपान सल्लाहकारहरुले कोरोनाका कारण उनको दूधको रङ परिवर्तन भएको हुनसक्ने अनुमान गरेका छन्।

यद्यपी यस विषयमा डराइहाल्नु पर्ने अवस्था नभएको उनीहरुको भनाइ छ। कोरोनासँग लड्ने एन्टीबडी शरीरमा विकास भएका कारण दूधको रङ परिवर्तन भएको हुनसक्ने बताइएको छ।

कोरोना लागेता पनि आमाले बच्चालाई स्तनपान गराइरहनु पर्ने उनीहरुले सल्लाह दिएका छन्। आमाको दूधमा बच्चालाई जस्तोसुकै रोगबाट बचाउनसक्ने क्षमता हुने यसअघि डब्लूएचओले समेत बताएको थियो।

यसअघि खानाको बदलावका कारण पनि उनको दूधको रङ परिवर्तन भएको आशंका गरिएको थियो। तर कोरोनामुक्त भएपछि भने अहिले अवस्था सामान्छ छ। मेट्रो को युके


सम्बन्धित खबरहरु