महिला विदेश जाँदा पारिवारिक सहमति अनिवार्य

ओकेखबर संवाददाता २८ माघ २०७७, बुधबार १४:४५ मा प्रकाशित ( साल अघि) ५३८ पाठक संख्या

काठमाडौं । महिलाले एक्लै विदेश जाँदा अबदेखि अनिवार्य रुपमा सहमती चाहिने भएको छ । एक्लै विदेश भ्रमणमा जाने ४० बर्षमुनीमा महिलाहरूका लागि सहमती अनिवार्य चाहिने अध्यागमन विभागले जनाएको छ ।

विभागले त्यसका लागि कार्यविधि संशोधन प्रस्ताव अघि बढाएको छ । अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको बताएको छ । ४० वर्षमुनिका महिला परिवारका सदस्य वा श्रीमानसँग भ्रमणमा जाँदा भने पालिकाको सिफारिस र बिमा अनिवार्य छैन।

नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ । मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागले जनाएको छ।

कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमति खोजिएको हो । साथै त्यसरी विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य बनाउनुपर्ने छ।


सम्बन्धित खबरहरु