क्याम्पस हिँडेका किशोर दुई दिनदेखि बेपत्ता

ओकेखबर संवाददाता २८ माघ २०७७, बुधबार १०:१२ मा प्रकाशित ( साल अघि) ४०२ पाठक संख्या

तनहुँ । तनहुँको व्यास नगरपालिका ४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबारदेखि बेपत्ता भएका छन्। बिहान क्याम्पस जान भनेर घरबाट निस्किएका उनी अझै फेला परेका छैनन्।

आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो। क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन्। सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर नफर्किएपछि उनका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे।

बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरे।

सोमबार बिहानदेखि बेपत्ता भएका ईश्वरको मंगलबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।


सम्बन्धित खबरहरु