आज: 

महिला लिग : आर्मीको फराकिलो जित

ओके खबर २४ माघ २०७७, शनिबार १६:४८ मा प्रकाशित ( हफ्ता अघि) ४२ पाठक संख्या

काठमाडौं । राष्ट्रिय महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौँ जित दर्ता गरेको छ । उसले शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित गरेको हो ।

आर्मीको फराकिलो जितमा रश्मी घिसिङले ४, शर्मिला थापाले २, भुजङ्गा राई र अञ्जली वाइवाले समान १–१ गोल गर्दा एक गोल उपहारस्वरूप प्राप्त भयो ।

खेलको १९औँ मिनेटमा गोल गर्दै रश्मीले आर्मीलाई अग्रता दिलाइन् । २३औँ मिनेटमा शर्मिलाले आर्मीको अग्रता दोब्बर बनाइन् । ३९औँ मिनेटमा शर्मिलाले नै गोल गरेपछि आर्मीले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

पहिलो हाफमा ३ गोल गरेको आर्मीले दोस्रो हाफमा ६ गोल थप्यो । ५५औँ र ६३औँ मिनेटमा गोल गर्दै रश्मीले ह्याट्रिक पूरा गरिन् ।

६६औँ मिनेटमा उनैले व्यक्तिगत चौथो तथा टिमका लागि छैटौँ गोल गर्दा ८१औँ मिनेटमा भुजङ्गाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै आर्मीलाई ७–० ले अघि बढाइन् ।

९०औँ मिनेटमा अञ्जली र थप गरिएको समयमा चौदण्डीका खेलाडीले आत्मघाती गोल गर्दा आर्मीले ९–० को जित हात पार्यो ।

यो जितसँगै आर्मी ७ खेलबाट १६ अंक जोड्दै लिगको दोस्रो स्थानमा कायम छ । पराजय व्यहोरेको चौदण्डीले हालसम्म कुनै अंक जोड्न सकेको छैन ।


सम्बन्धित खबरहरु