प्रेमिकाको गोलि हानी ज्यान लिने व्यक्ति १० बर्षपछि पक्राउ

ओकेखबर संवाददाता ९ माघ २०७७, शुक्रबार १२:२७ मा प्रकाशित ( साल अघि) ५५३ पाठक संख्या

काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको बिशेष टोलीले मुलपानीबाट गएराति उनलाई पक्राउ गरेको हो ।

हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए।

०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौँमा लुकिछिपी बसेको प्रहरीले जनाएको छ ।

लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए ।


सम्बन्धित खबरहरु